Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

स्टार्ट अप उद्यम कर्जा चैतमै उपलब्ध गराइने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सरकारले चैत अन्तिम हप्तादेखि स्टार्ट अप उद्यम कर्जा वितरण गर्ने भएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले परियोजना अन्तिम छनोटमा परेका उद्यमीलाई स्टार्टअप उद्यम कर्जा वितरण गर्न लागेको हो । समितिले व्यावसायिक योजना प्रस्तुतीकरण गर्न छुटेकालाई चैत १३ गते आज, १४ र १५ गते बिहान १०ः३० बजेका लागि प्रतिष्ठानको कार्यालय त्रिपुरेश्वरमा आउन अव्हान गरेको छ ।

सरकारले नयाँ ज्ञान, सिप, क्षमता भएका व्यक्तिलाई स्टार्टअप उद्यममा ल्याउने उदेश्यसहित स्टार्ट अप कर्जा उपलब्ध गराउन लागेको हो । छनोट भएका परियोजनालाई तीन प्रतिशत ब्याजमा राष्ट्रिय वाणिज्य बैंकमार्फत बिनाधितो अधिकतम २५ लाख रुपैयाँसम्म कर्जा प्रदान गरिनेछ ।

कर्जाको अवधि पाँच वर्षको हुने र व्यापार योजना प्रस्तुतीकरण अन्तिम चरणमा पुगेकाले आगामी चैत अन्तिम हप्तादेखि नै कर्जा पाउने गरी तयारी गरिएको प्रतिष्ठानले जनाएको छ । अन्तिम छनोटमा परेका सात सय परियोजनालाई उद्यमका लागि कर्जा प्रदान गरिने तयारी गरिएको छ ।

स्टार्ट अप उद्यम कर्जाका लागि पहिलो चरणमा एक हजार ३१४ परियोजना छनोट भएका थिए । स्टार्ट अप उद्यम कर्जा सञ्चालन कार्यविधि–२०८१ अनुसार कर्जा प्रदान गर्नेगरी उद्योग वाणिज्य तथा आपूूर्ति मन्त्रालय अन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले प्राप्त भएका पाँच हजार १५८ परियोजनाको प्रस्तावमध्ये प्रारम्भिक सूचीमा ती परियोजना छनोट गरेको थियो ।

Health Tips Ad Road Block