काठमाडौं । नबिल बैंकको कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी मनोज कुमार ज्ञवालीले पाएका छन् ।
बुधबार बसेको बैंक सञ्चालक समितिको ६७७ औँ बैठकले बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत गरेर बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीलाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोक्ने समेत निर्णय गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले चैत १० गते राजीनामा दिएका थिए ।























