Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेपालमा केही भएन भनेर निराश नहुन विदेशमा रहेका नेपालीलाई आग्रह

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । प्रवास तथा विदेशमा रहेका नेपालीहरुलाई निराश नहुन भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आग्रह गरेका छन् । अमेरिकाको टेक्सासमा रहेका नेपालीहरुको संस्था नेपाली समाज टेक्सासले गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले नेपालमा केही भएन भनेर गलत भाष्य निर्माण गर्न खोजिएको भन्दै त्यस्तो गलत प्रचारबाट निराश नहुन आग्रह गरेका हुन् ।

पछिल्लो समय पूर्वराजावादीहरुले लोकतान्त्रिक व्यवस्थालाई जिस्क्याउने दुष्प्रयास गरिरहेको भन्दै गणतन्त्र र लोकतन्त्रले नै नेपालमा सामाजिक तथा भौतिक विकासको गति दिएको उल्लेख गरे । गणतन्त्रले नै नेपालका सबै क्षेत्र, भूगोल, वर्ग, जातजातिका नागरिकको अधिकारको प्रत्याभूत गरेको, राज्य व्यवस्थामा पहुँच स्थापित गरिरहेको, स्वास्थ्य–शिक्षा जस्ता आधारभूत क्षेत्रमा सेवा विस्तार भई रहेको र भौतिक पूर्वाधारको विकासले समेत तिव्रता पाईरहेको अवस्थामा देशमा केही भएन भनेर भ्रम छर्नु कुनै पनि नेपाली र विश्व जगतले नपत्याउने कुरा भएको उनको भनाई थियो ।

अमेरिकाको टेक्सास राज्यमा नेपालीहरुको संख्या सबैभन्दा बढी भएकोले नेपाल सरकारले कन्सुलेट कार्यालय राख्ने निर्णय गरेको र यतिबेला अमेरिका सरकार समक्ष सो निर्णय जानकारी गराईएको भन्दै मन्त्री दाहालले अमेरिकाले एग्रीमो दिने बित्तिकै कार्यालय राख्ने लगायतका काम हुने जनाए ।

यस्तै गैरआवासीय नेपालीहरुलाई १० वर्षको भिसा दिने निर्णय पनि वर्तमानमा ठिकै रहेको र भविष्यमा नागरिकताको सम्बन्धमा कानुन निर्माण गर्दा उचित निर्णय गरिने उनको भनाई थियो । कार्यक्रममा एनआरएनए टेक्सास, प्रवासी नेपाली मञ्च,नेपाली जन संम्पर्क मञ्च, पानस अमेरिका लगायतले मन्त्री दाहालमार्फत नेपाल सरकारलाई आफ्ना सुझाव तथा जिज्ञासा राखेका थिए ।

मन्त्री दाहाल अमेरिका भ्रमणकै क्रममा अमेरिकास्थित नेपालको राजदूतावासमा भेटघाट तथा अन्तरक्रियामा सहभागी भइ अमेरिकामा बस्ने नेपालीहरुका समस्या, नेपाल र अमेरिकाबीचको सम्बन्ध, नेपालको लागि अमेरिका सँगका व्यापारिक सम्भावनाहरु र दूतावासका आन्तरिक समस्याहरु लगायतका बारेमा छलफल भएको थियो ।

यातायातसम्बन्धी कार्यक्रममा सहभागी हुन अमेरिका गएका मन्त्री दाहाल आज (बिहीबार) स्वदेश फर्कँदै छन् ।

Health Tips Ad Road Block