Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

काठमाडौंमा भोलि एएसी ब्लक उद्योगहरुको पहिलो सम्मेलन हुँदै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडों । शुक्रबार काठमाडौंमा एएसी ब्लक उत्पादकहरूको पहिलो सम्मेलन हुने भएको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उत्पादकहरुले उक्त जानकारी दिएका हुन् । ‘दिगो भविष्य निर्माण’ मुख्य नारा सम्मेलनकाे रहेको छ।

स्वदेशी उत्पादन एएसी व्लकको विषयमा जानकारी गराई यसको उपभोगमा व्यापक वृद्धि गर्ने तथा दिगो भविष्य निर्माण गर्ने हेतुले संघले स्वदेशी तथा विदेशी अनुभवी विशेषज्ञहरुबाट सम्पूर्ण सरोकारवालाहरुलाई जानकारी गराउने उद्देश्यले सम्मेलन गर्न लागेको संघले जनाएको छ ।

सम्मेलनमा छिमेकी मुलुक भारतबाट समेत विज्ञहरू आउने र सम्मेलनमा आर्किटेक्ट तथा स्ट्रक्चरल इञ्जिनियरहरूको सहभागिता रहने संघले जनाएको छ।

हाल यहाँ ९ वटा एएसी ब्लक उद्योग सञ्चालनमा रहेका छन्। यी उद्योगमा पाँच अर्ब रूपैयाँ लगानी रहेको छ। एउसी ब्लक उद्योगमा ५ हजार जनाले प्रत्यक्ष अप्रत्यक्षरुपमा रोजगारी पाइरहेका छन् ।

हाल स्वदेशमा एएसी व्लकको कुल जडित क्षमता २२०० घनमिटर प्रतिदिन रहेको छ, जुन वर्षमा ४५ करोड गोटा रातो ईटा बराबर हुन आउने साथै नेपालमा विगत १० वर्षदेखि विभिन्न उद्योगहरुले फरक फरक ब्राण्ड नाममा एएसी ब्लक उत्पादन गरि बजारिकरण गरिरहेका छन् ।

प्रमुख स्वदेशी कच्चापदार्थ सिमेन्ट र वालुवा प्रयोग गरी स्वदेशमा नै उत्पादन हुने रातो ईटाको विकल्पको रुपमा रहेको तर कृषि उव्जाउ हुने माटोको प्रयोग नहुने वातावरणमैत्री, हलुका र निर्माणमा खर्च समेत कम लाग्न एएसी व्लक प्रयोग गरी गारो लगाउने कार्यको लागि नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मिति २०८१/०८/०६ मा एएसी व्लकको मापदण्ड स्विकृत भएको थियो ।

Health Tips Ad Road Block