काठमाडौं । आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा सुरु भएको छ । आजदेखि चैत १९ गतेसम्म देशभरका २ हजार ७९ परीक्षा केन्द्रमा एकैसाथ परीक्षा सञ्चालन हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।
यस वर्ष ४९ हजार २८६ विद्यार्थी थपिएसँगै परीक्षामा सहभागी हुने विद्यार्थीको संख्या ५ लाख १४ हजार ७१ पुगेको छ।
परीक्षाको पहिलो दिन आज अनिवार्य अंग्रेजी र अन्य पाठ्यक्रमका विषयहरूको परीक्षा भइरहेको छ । भोलि चैत ८ गते नेपाली, चैत १० गते गणित, चैत १२ गते विज्ञान, १३ गते सामाजिक शिक्षा र बाँकी २ दिनमा ऐच्छिक विषयहरूको परीक्षा सञ्चालन हुने मन्त्रालयले जनाएको छ।
परीक्षालाई थप समावेशी बनाउन यस वर्ष बाल सुधार गृह र कारागारमा समेत गरी तीनवटा विशेष परीक्षा केन्द्र निर्धारण गरिएको मन्त्रालयले जनाएको छ।