Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

‘सौर्य जहाज दुर्घटना प्रकरण’ मानव अधिकार आयोगको चासो 

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सौर्य जहाज दुर्घटना  छानबिन गर्न मानव अधिकार आयोगले चासो देखाएको छ । एयरलाइन्स कम्पनी र सरकारी निकायको जानाजानको गम्भिर लापरवाहीले दुर्घटना भएको र पीडितले न्याय नपाएको समाचार सार्वजनिक भएपछि आयोगले घटनाको छानबिन गर्न चासो देखाएको हो ।

आयोगले दुर्घटनामा छोरी, ज्वाई र नाति गुमाएका पत्रकार प्रकाश खतिवडालाई कार्यालयमा बोलाई दुर्घटनाको बारेमा छलफल गरेको छ । छलफलकै क्रममा पत्रकार खतिवडाले आयोगका अध्यक्ष तप बहादुर मगरलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । ध्यानाकर्षण पत्रमा खतिवडाले ‘उडान गैरकानुनी भएको, यात्रु गैरकानुनी रहेको , एयरलाइन्स कम्पनीले गैरकानुनी हर्कत गरेको, कानुन मिचेर सरकारले अनुसन्धान आयोग बनाएको, आयोगले एयरलाइन्स कम्पनीको आर्थिक चलखेलमा दोषीलाई उन्मुक्ति दिन प्रतिवेदन तयार गरेको, तथ्यले घटनालाई  आकस्मिक, भवितव्य वा दुर्घटना मात्रै भन्न सकिने अवस्था नरहेको बताउँदै  घटनामा १८ जनाको नरसंहार भएको दाबी गरेका छन् ।
आयोग अध्यक्ष मगरलाई ध्यानाकर्षण बुझाउदै  खतिवडाले भने, ‘सौर्य जहाज दुर्घटनाका सन्दर्भमा एयरलाइन्स कम्पनी र सरकारी निकायले कानुनको पालना मात्र गरिदिएको भए मेरा तीन सन्तति सहित १८ जनाको ज्यान जाने थिएन’ । ध्यानाकर्षण पत्र बुझ्दै आयोग अध्यक्ष मगरले घटनाको अनुसन्धान गरि पीडितलाई न्याय दिलाउन पहल गरिने बताए ।

सौर्य एयरलाइन्सको जहाज गत साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । दुर्घटनामा खतिवडाको छोरी ज्वाई र नातिसहित १८ जनाको ज्यान गएको थियो । उक्त दुर्घटनामा पाइलट मनिस शाक्य भने बाँच्न सफल भएका थिए ।

Health Tips Ad Road Block