Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेप्सेको सीईओको लागि ५ जनाको नाम सर्ट लिष्टमा, बुधबार अन्तर्वार्ता हुने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि पाँच जनाको नाम संक्षिप्त सूचीमा परेको छ । प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्नका लागि गत फागुन १२ गतेदेखि १८ गतेसम्म आवेदन खुल्ला गरेकोमा १० जनाको आवेदन परेको र पाँच जनाको नाम संक्षिप्त सूचिमा परेको नेप्सेको सीईओ नियुक्तिका लागि अर्थ मन्त्रालयबाट गठित समितिले जनाएकाे छ ।

नेप्सेको सीईओ नियुक्तिका लागि अर्थ मन्त्रालयबाट गठित समितिका अनुसार चुडामणि चापागाइँ, नारद कुमार लुईँटेल, पूर्ण प्रसाद आचार्य, बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्यालको नाम संक्षिप्त सूचीमा परेको छ । समितिले आवेदकहरुको शैक्षिक योग्यता र व्यावसायिक कार्य योजनाको मूल्याङ्कनका आधारमा सो सूचि तयार पारेको हो ।

सूचीमा परेका ५ जनालाई चैत ६ गते बुधबारका दिन अन्तर्वार्ताका लागि समितिले बोलाएको छ । समितिले व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि आफ्नो नागरिकता, शैक्षिक योग्यता र कार्य अनुभवको पुष्टि गर्ने सक्कल कागज एव‌म् प्रमाणहरू लिई सो दिन बिहान ७ बजे अर्थ मन्त्रालयमा उपस्थित हुन भनेको छ ।

Health Tips Ad Road Block