Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

भारीमात्रामा घट्यो पेट्रोल र डिजेलको मूल्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौ. । नेपाल आयल निगमले भारीमात्रामा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर पेट्रोलमा ५ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटरमा ४ रुपैयाँले मूल्य घटाएको हो ।

इण्डियन आयल कर्पोरेशनबाट आज १५ मार्च, २०२५ अर्थात् चैत २ गते प्राप्त पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्यमा घटेर आएअनुसार आयल निगम सञ्चालक समितिले नेपालमा पनि मूल्य घटाएको जनाएको छ । घटाइएको मूल्य आज राति १ बजेपछि मात्रै लागु हुनेछ ।

घटेको मूल्यअनुसार काठमाडौं, पोखरा दिपायल लगायतका उपभोक्ताले प्रतिलिटर पेट्रलका लागि १६८ रुपैयाँ तिर्दै आएकामा अब १६३ रुपैयाँ तिरे पुग्नेछ । त्यस्तै डिजेल र मट्टितेलको १५५ रुपैयाँ प्रतिलिटर तिर्दै आएका ग्राहकले १५१ रुपैयाँ तिरे पुग्नेछ ।

Health Tips Ad Road Block