Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

युरोपमा उत्पादित मदिरामा २०० प्रतिशत कर लगाउँदै अमेरिकी राष्ट्रपति ट्रम्प

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । दोस्रोपटक अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले विभिन्न निर्णयहरु गर्दै आएका छन् । यसैक्रममा ट्रम्पले युरोपमा उत्पादित भएर आयात हुने मदिरामा २०० प्रतिशत कर लगाउने चेतावनी दिएका छन् । अमेरिकी उत्पादन ह्विस्कीमा युरोपेली संघ (इयू) बाट लगाइएको करको बदलामा इयूका विभिन्न मुलुकबाट आयात हुने वाइन, स्याम्पेन र अन्य मदिराजन्य पदार्थमा २०० प्रतिशत कर लगाउने चेतावनी उनको छ ।

ट्रम्पले पदभार ग्रहण गरेदेखि नै अन्तराष्ट्रिय प्रतिस्पर्धी र साझेदार मुलुकविरुद्ध व्यापार र अन्य नीतिगत मुद्दामा विभिन्न देशलाई दबाब दिने उदेश्यसहित व्यापार युद्ध अगाडि बढाएको अन्तर्राष्ट्रिय स१चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

इयूले ट्रम्पले स्टिल र आल्मुनियमको आयातमा लगाएको करको बदलामा अप्रिलदेखि अमेरिकी सामानमा २८ अर्ब अमेरिकी डलर बराबरको कर लगाउने घोषणा गरेपछि ट्रम्पले सामाजिक संजालमार्फत यूरोपेली मदिराजन्य आयातमा नयाँ करवृद्धिको घोषणा गरेका हुन्।

Health Tips Ad Road Block