Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

ह्वात्तै बढेर सुनको मूल्यले कायम गर्यो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाली बजारमा आज (चैत १ गते) सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

तोलाको १ लाख ७४ हजार ५ सय रुपैयाँमा पुगेर नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि फागुन १३ गते १ लाख ७१ हजार ३ सय रुपैयाँमा किनबेच भएर नेपाली बजारमा सुनको मूल्य नयाँ उचाईमा पुगेको रेकर्ड छ ।

शुक्रबारको तुलनामा मूल्य एकैदिन ४ सय रुपैयाँले बढेको हो । शुक्रबार १ लाख ७० हजार ५ सय रुपैयाँमा सुनको किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेर प्रतितोला २०५० रुपैयाँमा पुगेको छ ।

Health Tips Ad Road Block