Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आत्मनिर्भर अर्थतन्त्रका लागि उद्यमशिलता आवश्यक: अध्यक्ष ढकाल

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आत्मनिर्भर अर्थतन्त्रका लागी उद्यमशिलताको विकास गर्नु पर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा सौन्दर्यविद् कमला श्रेष्ठको सौन्दर्य–क्रान्ति आत्मकथाको काठमाडौंमा विमोचन गर्दै अध्यक्ष ढकालले सो धारणा राखेका हुन्  ।

उनले समानता र सामाजिक न्यायसहितको समाज निर्माणका लागि महिला श्रमको निःशर्त सम्मान हुने वातावरण आवश्यक रहेको समेत बताए ।

उनले उद्यमशीलताले मानिसमा आत्मसम्मान र आत्मनिर्भता बढाउनुका साथै देश विकासमा लागि पनि योगदान दिने उल्लेख गर्दैै व्यवसायी श्रेष्ठले उद्यमशीलता विकासका लागि अनुकरणीय काम गरेको बताए । “हाम्रो समाज शृंगार र सौन्दर्यका कुरा उठाउँदा अपहेलित हुने तथा सौन्दर्य हुनेखानेहरुको लागि हो भन्ने दृष्टिकोण राख्ने समाज हो । सौन्दयकलालाई पेशा व्यवसाय मात्र नभई, स्वास्थ्यको अभिन्न अंगमा रुपमा विकास गर्दै शैक्षिक पाठ्यक्रममा समेत समावेश गर्न कमला श्रेष्ठका ठूलो योगदान रहेको छ । ” उहाँले भने ।

अठोट सहितको निरन्तरताले सफलता दिन्छ भन्ने एउटा उदाहरणका रुपमा व्यवसायी कमला श्रेष्ठलाई लिन सकिने बताउँदै अध्यक्ष ढकालले आफ्‌नो व्यवसायको माध्यमबाट हजारौंलाई सीप हस्तान्तरण गर्दै रोजगारी सिर्जना गर्नु आफैंमा चुनौतीपूर्ण र महत्वपूर्ण कार्य भएको बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष भवानी राणाले महिला उद्यमशीलता तथा महिला शसक्तिकरणका लागि श्रेष्ठको ठूलो योगदान रहेको बताइन् । महासंघ उपाध्यक्षद्वय हेमराज ढकाल ,ज्योस्ना श्रेष्ठ र महासंघका पूर्व उपाध्यक्ष भास्कर राज राजकर्णिकारले उनको पुस्तक नयाँ केही गर्नेहरुका लागि प्रेरणाको स्रोत भएको बताए  ।

पद्मकन्या विद्याश्रमका प्राचार्य रीता तिवारीले उनीसँगको सहकार्यबाट विद्यालयमा सौन्दर्य कला विषय अध्यापन भैरहेको जानकारी दिइन् ।

पुस्तक विमोचन कार्यक्रममा बोल्दै पुस्तक लेखिका कमला श्रेष्ठले यो पुस्तकबाट उद्यम गर्न चाहने तथा स्वरोजगार बन्न चाहनेका लागि पनि मार्गशर्दश गर्ने अपेक्षा राखेको बताइन् । उनले यो आफ्नो आत्मकथा भन्दा पनि उद्यमशीलताको कथा भएको बताइन् ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा महिला उद्यमी समितिका सभापति समेत रहेकी सौन्दर्यविद् श्रेष्ठका आत्मकथामा ६ वटा खण्ड र ६५ वटा विभिन्न शीर्षकमा लेखहरु समावेश रहेको लेखन कुन्जका संचालक कमल ढकालले जानकारी दिए ।

Health Tips Ad Road Block