Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सीएनआईको आयोजनामा चैत ३ गते काठमाडौंमा दोस्रो अन्तर्राष्ट्रियस्तरको वमन लिडरसिप समिट हुँदै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) को आयोजनामा चैत ३ गते काठमाडौंमा दोस्रो अन्तर्राष्ट्रियस्तरको वमन लिडरसिप समिट–२०२५ हुने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागिएको पत्रकार सम्मेलन गरी सीएनआईले जानकारी दिएको छ ।सम्मेलन आयोजनाको लागि सीएनआई वमन लिडरसिप फोरमले संयोजन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सम्मेलनमा प्रविधि र इनोभेसन, वमन इन सष्टेनेवल एग्रीकल्चर, इन्भेष्टिङ इन वमन र बीवेण्ड बाउन्ड्रिज विषयमा सत्रगत रुपमा छलफल हुने संयोजक छायाँ शर्माले जानकारी दिइन् । महिला नेतृत्व शिखर सम्मेलनले परिवर्तन प्रेरित महिला, नेतृत्व, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूलाई एउटै थलोमा ल्याउने र नीतिगत तहमा नेपाल सरकार, सरोकारवाला निकायहरुले लिनुपर्ने नीतिगत विषयमा गहन रुपमा छलफल हुने सीएनआईले जनाएको छ।

सम्मेलनको निष्कर्षका आधारमा नीतिगतरुपमै काम गर्ने हिसाबकाे दस्तावेज तयार हुने सीएनआईका अध्यक्ष राजेश कुमार अग्रवालले जानकारी दिए ।

यो शिखर सम्मेलन वर्तमान एवं सफल उदाहरणहरूमा केन्द्रित हुने र यसले महिलाहरुलाई प्रेरित गर्ने बताइएको छ । सम्मेलनमा राजनीति, आर्थिक, सामाजिक, स्वास्थ्य, वातावरणलगायतका क्षेत्रमा स्थापित, रुपान्तरणकारी एवं प्रभावशाली राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त महिलाहरुसहित करिब ५ सय जनाको सहभागिता हुने आयोजकले जनाएको छ ।

सम्मेलनमा मेक इन नेपाल स्वदेशी वस्तुहरुको प्रदर्शनी समेत गरिनेछ ।

सम्मेलनको टाइटल स्पोन्सरमा नबिल बैंक रहेको छ भने एशियाली विकास बैंक (एडीबी) पावर्ड बाई रहेको छ । पत्रकार सम्मेलनमा नबिल बैंकक उप महाप्रबन्धक आदर्श बजगाइँले पहिलो सम्मेलनको उपलब्धि राम्रो देखेर नै नबिल बैंकले दोस्रो सम्मेलनका लागि टाइटल स्पोन्सर गरेको बताए ।

सम्मेलनका लागि नेपाल पर्यटन बोर्ड, एनसेल, एमएडब्लू वृद्धि मोटर्स, डाबर नेपाल, यूनिलिभर, बोटलर्स नेपाल, कृषि विकास बैंक, चौधरी फाउण्डेसन, वर्ल्डलिंक कम्यूनिकेशन, भ्यास मिडिया, इभेन्ट म्याक्स, सोल्टी होटेल, इको एड, इन्क्यूलिसिभ फ्यूचर फाउण्डेसन लगायतको पनि सहयोग रहेकाे आयोजक सीएनआईले जनाएको छ ।

Health Tips Ad Road Block