Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सडकमा फोहर गरेको भन्दै काठमाडौं महानगरले राप्रपालाई गर्यो एक लाख जरिवाना

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सडकमा फोहर गरेको भन्दै काठमाडौं महानगरले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । फागुन २५ गते आइतबार पार्टीले आयोजना गरेको कार्यक्रममा सहभागीहरुले एयरपोर्ट, तिलगंगा, गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र सोमा रहेका विरुवाहरु साथै रेलिङ्गमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला समेत गरि वातावरण प्रदुषण गरेको भन्दै महानगरले उक्त कारवाही गरेको हो ।

महानगरले राप्रपालाई पठाएको पत्रमा उल्लेख गरिएको छ, ‘प्रस्तुत विषयमा मिति २०८१ फागुन २५ गते ताहाँ पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुबाट एयरपोर्ट, तिलगंगा गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र सोमा रहेका विरुवाहरु साथै रेलिङ्गमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला समेत गरि वातावरण प्रदूषण गरेकोले तपाईँलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु. १००,०००.०० (अक्षरुपी एक लाख) जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ ।’

पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्कनेक्रममा आइतबार राप्रपाले प्रदर्शनसहित नारा जुलुस गरेको थियो ।

Health Tips Ad Road Block