Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

अन्तर्राष्ट्रिय नारी दिवसः नबिल बैंकको वाकाथन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नबिल बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा वाकाथन आयोजना गरेको छ । ‘वुमन इन मोसन–एक्सलेरेट एक्सन’ शीर्षकमा महिलाको सहनशीलता, उपलब्धि र योगदानको उत्सव मनाउने उद्देश्यले वाकाथन आयोजना गरिएको बैंकले जनाएको छ। बैंकको केन्द्रीय कार्यालयबाट वाकाथन शुरुवात भएको थियो । सो अवसरमा बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले बैंकले महिलाहरुलाई प्राथमिकता दिएको बताए । उनले बैंकका विभिन्न विभागमा महिलाहरुले नेतृत्व गरिरहेको उल्लेख गर्दै बैंकको विकासमा महिलाहरुको भूमिका महत्वपूर्ण रहेको बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकले मार्च महिनाभरी नै विभिन्न कार्यक्रम गरी महिला दिवस मनाउने जानकारी गराए ।

बैंकले काठमाडौं, विराटनगर, बिर्तामोड, जनकपुर, विरगन्ज, पोखरा, नेपालगन्ज, तुलसीपुर, सुर्खेत, धनगढी, बुटवल र नारायणगढमा भएको वाकाथनमा बैंकमा कार्यरत १२ सयभन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको जनाएको छ ।

Health Tips Ad Road Block