Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहाल अमेरिका प्रस्थान

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल अमेरिकाको वासिङ्टन डीसी प्रस्थान गरेका छन् । शनिबार साँझ कतार एयरको विमानमार्फत यातायातसम्बन्धी एक कार्यक्रममा भाग लिन उनी त्यस तर्फ गएका हुन् ।

मार्च १० देखि विश्व वैंकको आयोजनामा हुने ‘ट्रान्सफर्मीङ् ट्रान्सपोर्टेशन २०२५’ मा भाग लिन मन्त्री दाहाल नेतृत्वको टोलि गएको हो । उनी ‘सस्टेनेवल ट्रान्सपोर्ट मिनिष्टेरीयल राउण्ड टेवल’ को उद्घाटन शत्र तथा ‘ट्रान्सफर्मीङ् ट्रान्सपोर्टेशन’ मा नेपालको नेतृत्व गर्दै सहभागी हुने कार्यक्रम रहेको छ ।

मन्त्री दाहाल नेतृत्वको टोलीले उक्त कार्यक्रममा यातायात, रोजगारी, आर्थिक वृद्धी, खाद्य सुरक्षा, यातायात सञ्जाल लगायतका बारेमा हुने छलफलमा भाग लिने छ । यस्तै सोही कार्यक्रममा दिगो यातायात व्यवस्थामार्फत कार्बन उत्सर्जनलाई न्यूनीकरण गर्ने विषय र सडक सुरक्षाको सन्दर्भमा सुरक्षित, सुलभ, वातावरणमैत्री पूर्वाधार निर्माणको बारेमा पनि छलफल हुने जनाईएको छ ।

कार्यक्रमलाई मन्त्री दाहालले १० तारिखका दिन सम्बोधन गर्नेछन् । नेपालको भौगोलिक अवस्थितिमा यातायातको पहुँच, नविन सफल अभ्यास, सडक यातायात मार्फत बजारीकरण, रोजगारी सिर्जना, ग्रामिण पहुँचको विकास र विस्तार लगायतबारेमा उनले विश्व समुदायलाई नेपालको अभ्यास र अनुभव सुनाउनेछन् ।

सोहीबीचमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको टोली र विश्व बैंकका उच्च अधिकारीहरुबीच साईडलाईन बैठक पनि हुने छ । सो बैठकमा नेपालको सडक यातायातको क्षेत्रमा विश्व बैंकले गर्दै आएको सहुलियतपूर्ण ऋण सहयोगका प्राथमिकताका बारेमा विचार आदन प्रदान हुने छ । विश्व बैंकको सहुलियतपूर्ण ऋण र सहयोगमा नेपालमा पूर्व पश्चिम एसियन हाई वे विस्तारका केही भागहरु,नागढुंगा मुग्लीन सडक लगायत महत्वपूर्ण आयोजनाहरु संचालिन छन् ।

Health Tips Ad Road Block