Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

मन्त्रिपरिषद् निर्णयः कुलमानलाई स्पष्टिकरण, अग्नि खरेल प्रधानमन्त्रीको विज्ञ सल्लाहकार

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई तीन दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कार्यसम्पादन मूल्यांकनमा सुन्य नम्बर दिएर घिसिङलाई पदबाट हटाउने चलखेल गरेपछि मन्त्रिपरिषद् बैठकले उनलाई तीन दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

यसैगरी मन्त्रिपरिषद्ले प्रधानमन्त्रीको विज्ञ सल्लाहकारमा अग्नि खरेललाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. विकास देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको छ । देवकोटा हाल स्वास्थ्य सेवा विभागका महानिर्देशकको जिम्मेवारीमा छन् ।

 

Health Tips Ad Road Block