Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

लगानीको नयाँ अवसर, एमबीएल इक्वीटी फण्डको इकाई बिक्रीमा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । माछापुच्छ्रे क्यापिटलले फागुन २२(आज) गतेदेखि सामूहिक लगानी कोष एमबीएल इक्विटी फण्डको इकाई सार्वजनिक निष्काशनमा ल्याएको छ ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने सो फण्ड १२ वर्षे बन्दमुखी प्रकृतिको योजना हो। फण्डले १५ प्रतिशत इकाईमध्ये १४ प्रतिशत अर्थात् एक करोड ६८ लाख इकाई कोष प्रवर्धक कम्पनी माछापुच्छ्रे बैंकलाई र १ प्रतिशत अर्थात १२ लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो। उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ।

फण्डको इकाईमा फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ र सो समयमा सबै इकाई बिक्री नभएको खण्डमा चैत ७ गतेसम्म आवेदन खुला रहने क्यापिटलले जनाएको छ।

फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको काम आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गर्दैछ । उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन्।

Health Tips Ad Road Block