काठमाडौं । गत साताको अन्तिम कारोबार दिन शुक्रबार तोलामा २२ सय रुपैयाँले घटेको सुनको मूल्य आज स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँ रहेको छ ।
चाँदी प्रतितोला १९१५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।






















