Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेपाल हस्तकला महासंघको त्रिवर्षीय रणनीति र योजना तर्जुमा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल हस्तकला महासंघको त्रिवर्षीय रणनीति र योजना तर्जुमा गरिएको छ । पुस २६ र २७ गते सम्पन्न भएको महासंघको ४४ औँ वार्षिक साधारण सभाबाट निर्वाचित कार्य समितिबाट आफ्नो कार्यकालभित्र गर्ने योजना तथा कार्यक्रम र रणनीति तय गर्नको लागि काठमाडौँमा त्रिवर्षीय रणनीतिसहित कार्य योजना तर्जुमा गोष्ठीले उक्त तर्जुमा गरेको हो ।

गोष्ठीमा महासंघका नवनिर्वाचित अध्यक्ष रविन्द्र शाक्यले आफ्नो त्रिवर्षीय योजना सहितको मार्ग चित्र (रोड म्याप) प्रस्तुत गरेका थिए । उक्त मार्ग चित्रमा हस्तकला दिवसलाई राष्ट्रिय मान्यता दिलाउने, हस्तकला नीतिलाई पुनरावलोकन गरी नेपाल सरकारबाट स्वीकृत गराउने, हस्तकला वस्तुको आन्तरिक बजार विकासको लागि नेपाल सरकारका निकायहरुबाट हस्तकला वस्तुको अधिक उपयोग गराउन पहल गर्ने, सार्वजनिक खरिद ऐनलाई ब्यवहारिक बनाई हस्तकला वस्तु नेपाल सरकारमा आपूर्ति गर्न सहज वातावरण बनाउने, १२ अर्बको निर्यात ब्यापार सोही रकम बराबरको आन्तरिक बिक्री र ११ लाखभन्दा बढि ब्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष संलग्न रहेको हस्तकला उद्योग ब्यवसायलाई हेर्ने छुट्टै विभाग स्थापनाको लागि पहल गर्ने, अनलाईन भुक्तानी प्रणालीलाई सरल तुल्याउने, हस्तकला वस्तुको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनको लागि संभाब्य देखिएका देशहरुमा एक देशिय मेला आयोजना गर्ने, हस्तकला ग्राम र सार्क हस्तकला विकास केन्द्रको स्थापना र संचालनमा नेतृत्वदायी भूमिका खेल्ने, हस्तकला वस्तुको निकासीमा विजक मूल्याङ्कनलाई अनिवार्य तुल्याउने, महासंघको संस्थागत विकासमा विशेष जोड दिने आदि विषयवस्तुहरु रहेका छन् ।

गोष्ठीमा महासंघका विभिन्न ७ वटा परिषद्हरुले आ–आफ्नो तीन वर्षको कार्ययोजना सम्बन्धित परिषद्का सभापतिहरु, वरिष्ठ उपाध्यक्ष तथा उपाध्यक्षहरुले प्रस्तुत गरेका थिए ।

त्यसैगरी सचिवालयको कार्य योजना तथा हाल रहेका महासंघका महत्वपूर्ण परियोजनाहरुको प्रस्तुतिकरण महानिर्देशकबाट गरिएको थियो । अध्यक्ष तथा परिषद्का सभापतिहरुबाट प्रस्तुत ३ वर्षका मार्ग चित्र तथा परिषद्हरुका कार्य योजना तथा कार्यक्रम एवं सचिवालयको कार्य योजना माथि गोष्ठीमा सहभागी भएका महासंघका पूर्व अध्यक्षहरु बगमती प्रदेश हस्तकला संघ, जिल्ला हस्तकला संघ, वस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिहरु, नियातकर्ता, कलाकारहरुबाट आवश्यक पृष्ठपोषण प्राप्त गरि अध्यक्षको मार्ग चित्र र परिषद् तथा सचिवालयको आगामी तीन वर्षीय योजना तथा कार्यक्रमलाई अन्तिम रुप प्रदान गरिएको थियो ।

गोष्ठीमा महासंघका पूर्व अध्यक्ष इन्द्र बहादुर शाक्यले ब्यवहारिक कार्य योजना एवं महासंघको आर्थिक सवलिकरण गर्नुपर्नेमा जोड दिएका थिए ।

Health Tips Ad Road Block