Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

लाभांश वितरण र शतप्रतिशत हकप्रद निष्काशनको एजेण्डा पारित गर्न युनाईटेड इदी मर्दीले बोलायो साधारण सभा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । युनाईटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश र शतप्रतिशत हकप्रद निष्काशनबारेको प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। चैत ११ गते, सोमबार, बिहान ११ बजे आभ्या क्लब, घारीपाटन–१७, पोखरा, कास्कीमा कम्पनीले १५ औँ वार्षिक साधारण सभा बोलाएको हो। सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसतैगरी सभाले बोनस शेयर जारी भएपश्चात कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, हकप्रद शेयर निष्काशनसम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि सभाले पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन २३ गते बुक क्लोज गर्ने भएको छ। यस अनुसार फागुन २२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन पाउने तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Health Tips Ad Road Block