Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

बीवाईडी हाई–टेक विक–२०२५ काठमाडौंमा सुरु, विभिन्न ब्राण्डका गाडीको उत्कृष्ट प्रदर्शनसँगै ईभी ट्रेन्डबारे महत्वपूर्ण जानकारी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी हाई–टेक विक २०२५ सुरु गरेको छ । काठमाडौंको एभरेष्ट होटल परिसरमा बिहीबार पत्रकार एवं संचारकर्मीहरुलाई आफ्ना विभिन्न ४ ब्राण्डका गाडीहरु सार्वजनिकसँगै प्रदर्शनी गरी बीवाईडी हाई–टेक विक २०२५ सुरु भएको घोषणा गरिएको हो ।

भोलि(शुक्रबार) देखि सर्वसाधारणका लागि खुला हुने हाइटेक वीक मार्च २ सम्म चल्नेछ । अर्थात् फागुन १५ गतेदेखि १८ गतेसम्म हाइटेक वीक आयोजना हुने कम्पनीले जनाएको छ ।

हाइटेक वीक इलेक्ट्रिक मोबिलिटी र अत्याधुनिक प्रविधिलाई मानिसहरुले कसरी अनुभव गर्दछन् भन्ने कुरामा क्रान्तिकारी परिवर्तन ल्याउने यस प्रकारकै पहिलो इभेन्ट भएको कम्पनीको दाबी छ ।

प्रदर्शनीमा बीवाइडीले ३६० डिग्री टर्नसहित विभिन्न टेक्नोलोजीहरु डिस्प्ले गरेको छ । चीनबाट आएका प्रतिनिधिसहितको उपस्थितिमा बीवाइडीले प्रदर्शनी गरिरहेको हो । प्रदर्शनीमा बीवाइडीले इनोभेसनमा कसरी काम गरिरहेको छ भन्ने प्रष्टरुपमा देखाएको छ । कम्पनीले हाइटेक प्रदर्शनीमा आफ्नो तेस्रो जेनेरेशन ई–प्लेटफर्म ३.० र ब्लेड ब्याट्रीको नेल पेनेट्रेसन टेस्ट समेत प्रत्यक्ष देखाएको छ ।

बीवाईडी हाई–टेक विक २०२५ एउटा प्रदर्शनी मात्र नभई एउटा ल्यान्डमार्क इभेन्ट रहेकाे र ईभी टेक्नोलोजी, एआई इन्टिग्रेसन र न्यु इनर्जी सोलुसनलाई एउटै छानामुनि ल्याउने काम भएको कम्पनीको भनाइ छ । शिक्षा दिने, संलग्नता बढाउने र प्रेरणा प्रदान गर्ने उद्देश्यका साथ डिजाइन गरिएको सो इभेन्ट औद्योगिक व्यवसायी, ईभी प्रयोगकर्ता, प्रविधि उत्साही र सामान्य व्यक्ति सबैका लागि पुग्नै पर्ने स्थल बनेको देखिन्छ ।

लाइभ डेमो त्यहाँको मुख्य आकर्षणको रुपमा रहेको छ ।

आज संचारमाध्यमहरुका लागि  खुला भएकाे प्रदर्शनीमा विभिन्न गाडीहरुको एड्भान्स फिचरहरुको लाइभ डेमोस्ट्रेस गरिएको थियो । पछिल्लो ईभी ट्रेन्ड र एनईभी टेक्नोलोजीको भविष्य बारेमा यो उद्योगका नेतृत्वकर्ता, इन्जिनियर र सस्टेनेबिलिटी एड्भोकेटहरुबाट महत्वपूर्ण जानकारी लिन पनि वीक महत्वपूर्ण हुने दाबी गरिएको छ ।

बीवाईडी हाई–टेक विक २०२५ ले जनचेतना प्रदान गर्ने, इनोभेसनलाई बढावा दिने र नेपालको मोबिलिटी भविष्यलाई अझै तीव्रता दिने लक्ष्य राखेको छ । अटोमोटिभ उत्साही, प्रविधि अन्वेषक र ग्रिन इनर्जी एड्भोकेट लगायत सबैका लागि सो इभेन्टले एक अनुपम अवसर प्रदान गर्ने र यहाँ मोबिलिटीको भविष्य बारेमा अध्ययन अन्वेषण गर्न सकिने छ ।

बीवाईडी हाई–टेक विक २०२५ का लागि टिकट ई–सेवामा उपलब्ध छ । विद्यार्थीलाई परिचयपत्रका आधारमा निःशुल्क प्रवेशको सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

Health Tips Ad Road Block