Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

भिभो एक्स २०० प्रो नेपालमा सार्वजनिकः स्मार्टफोन प्रविधिमा नयाँ युगको सुरुवात, मूल्य कति ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । विश्व प्रख्यात मोबाइल प्रविधि ब्रान्ड भिभोले नयाँ फ्ल्यागशिप स्मार्टफोन, भिभो एक्स२०० प्रो नेपालमा लन्च गरेको छ । काठमाडौंमा एक कार्यक्रम गरी भिभो एक्स २०० प्रो नेपालमा सार्वजनिक गरिएको् हो ।

राष्ट्रिय तथा क्षेत्रीय वितरक, अफिस स्टाफ तथा मिडियाकर्मीहरुको उपस्थितिमा यो स्मार्टफोन सार्वजनिक गरिएको हो। कार्यक्रमलाई अझ विशेष बनाउन भिभो नेपालका बान्ड एम्बेसडर पारस खड्काले भिभो एक्स २०० प्रोलाई अनावरण गरे जसले स्मार्टफोन प्रविधिमा नयाँ अध्यायको शुरुवात गरेको दाबी गरिएको छ।

भिभो एक्स २०० प्रोले स्मार्टफोन प्रविधिमा नयाँ बेन्चमार्क कायम गर्दै जाइस् लेन्सको सहकार्यमा उत्कृष्ट फोटो स्वालिटीसँगै शक्तिशाली प्रदर्शन र आधुनिक डिजाइन भएको दाबी कम्पनीले गरेको छ। लन्च कार्यक्रममा भिभो नेपालका ब्रान्ड म्यानेजर दिपेश खनालले एक्स २०० प्रो प्रविधिको उच्चतम प्रयोग गर्नेहरूको लागि ल्याइएको बताए ।

भिभो–जाइस सहकार्यमा विकसित इमेजिङ प्रणालीले स्मार्टफोन फोटोग्राफीमा क्रान्ति ल्याउने विश्वास गरिएको छ । २०० मेगापिक्सेलको जाइस एपिओ क्यामेराले अद्वितीय तस्वीर अनुभव प्रदान गर्दै, जाइस् टि स्टार कोटिंगमार्फत जुम गरिएका तस्वीरहरूको रंग सन्तुलित राखी तिनलाई अझ उत्कृष्ट बनाउने जनाइएको छ। पोर्टेट, हाइपरजुम, म्याक्रो, नाइटस्केप र सनसेट मोडजस्ता फिचरहरूले फोटोचाफी प्रेमीहरूले उत्तम अनुभव लिन सक्ने बताइएको छ । यसमा १/१.४ इन्च सेन्सर र फ्लोटिङ पेरिस्कोप प्रणाली छ जसले टाडाका वस्तुहरूलाई उच्च स्पष्टताका साथ कैद गर्न सक्षम बनाउनेछ । त्यसैगरी, जाइस् सिनेमाटिक पोर्टेट भिडियो क्षमता, १२० एफपीएस स्लो मोशन र ४ के ६० एफपीएस डब्ली भिजन डब्ली भिजन सपोर्ट जस्ता विशेषताहरूले भिडियो अनुभवलाई थप आकर्षक र प्रभावशाली बनाउने कम्पनीको दाबी छ।

भिभो एक्स २०० प्रो अत्याधुनिक मिडियाटेक डाइमेन्सिटी ९४०० चिपसेटमा सञ्चालित छ जसले उच्च कार्यक्षमता प्रदान गर्दछ । १२–कोर जीपीयूको समावेशले गेमिङ अनुभवलाई प्रभावकारी बनाउनेछ । यसमा ६००० एमएएच व्याट्रीसहित, ९० वाट फ्याल्स चार्जिङ र ३० वाट वायरलेस चार्जिड सुविधा उपलब्ध छ, जसले द्रुत चार्जिङ अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ । थपरूपमा तेस्रो पुस्ताको सिलिकन एनोड प्रविधि र सेमी–सोलिड व्याट्री टेक्नोलोजीको प्रयोगले चिसो तापक्रममा पनि उत्कृष्ट व्याट्री प्रदर्शन सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।

भिभो एक्स २०० प्रोलाई एआई सक्षम स्मार्टफोनको रूपमा डिजाइन गरिएको छ, जसमा गुगल जेमिनी एआई प्रविधि समावेश छ, यसले इमेल लेखन र सिकाइका अवसरहरू सहज बनाउँछ । एजाई नोट असिस्ट, एआई ट्रान्सक्रिप्ट असिस्ट र सर्कल टू सर्चजस्ता सुविधाले खोजी प्रक्रियालाई तीव्र बनाउँछ । जबकि एआई ईरेज, फोटो इन्ह्यास र स्याडो रिमुवनले फोटो सम्पादनलाई सरल र प्रभावकारी बनाउने कम्पनीले बताएको छ । फनटच ओएस १५ मा सञ्चालित यस स्मार्टफोनमा डेडिकेटेड सुरक्षा चिप राखिएको छ जसले लक स्क्रीन पासवर्ड र बायोमेट्रिक डाटा सुरक्षित राख्नेछ । साथै ‘सेफ डेटा पर्ज’ फिचरले व्यक्तिगत जानकारी पूर्ण रूपमा मेट्न सक्ने सुविधा प्रदान गर्दछ ।

भिभो एक्स २०० प्रोको प्री–बुकिङ मार्च ४ सम्म खुला रहनेछ । यसको मूल्य १,८४,९९९ रुपैयाँ निर्धारण गरिएको छ। प्री बुकिङ गर्ने ग्राहकहरूलाई लागि रु‍. १०,००० क्यासव्याकको सुविधा उपलब्ध हुनेछ । यो स्मार्टफोन मार्च ५ बाट आधिकारिक स्टोरहरू तथा दराज अनलाइनमार्फत बिक्री सुरु हुने कम्पनीले जनाएको छ ।

प्रख्यात युट्युबर तथा प्रविधि विज्ञ हुइजदबोसले भिभो एक्स २०० प्राेलाई ‘सर्वश्रेष्ठ क्यामेरा’ ‘सर्वश्रेष्ठ ब्याट्री तथा ओभरअल च्याम्पियन’ उपाधि प्रदान गरिसकेका छन्। आधुनिक प्रविधि, उच्च सुरक्षा, र उन्नत फोटोग्राफी क्षमतासहित, यो स्मार्टफोन नेपाली बजारमा उत्कृष्ट विकल्प बन्न सक्ने अपेक्षा गरिएको छ ।

Health Tips Ad Road Block