काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले ओझालाई प्राधिकरण अध्यक्षमा नियुक्त गरेको हो ।
अध्यक्ष पदका लागि ओझासहित रामशरण पुडासैनी र दामोदर बसौलाको नाम मन्त्रिपरिषद्मा सिफारिस भएको थियो। त्यसअघि १२ आवेदकमध्ये चिरञ्जीवी चापागाईं र कमल प्रसाद रेग्मी पनि सर्टलिस्टमा परेका थिए । सर्टलिस्टमा परेका ५ जनाको प्रस्तुतीकरण र अन्तर्वार्ताबाट ओझा, पुडासैनी र बसौला सिफारिस भएका हुन् । यी सबैलाई पछि पार्दै ओझाले बाजी मारेका हुन् ।
ओझासँग सञ्चार, वकालत र कर्पोरेट क्षेत्रमा उच्च व्यवस्थाकीय तह समेतको कार्य अनुभव रहेको छ । ओझा नेपाली कांग्रेसको संस्थापन पक्षसँग निकट मानिन्छन् ।






















