skip this News Page Tips Ad Road Block

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा अनुपालन तथा AML/CFT तालिम तथा सेमिनार सम्पन्न

Citizenlife ad 2082 falgun to baishak 2083

काभ्रे । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले अनुपालन तथा AML/CFT तालिम तथा सेमिनार सम्पन्न गरेको छ । इन्स्योरेन्सले बल्थली भिलेज रिसोर्ट, काभ्रेपलान्चोकमा कम्पनीका उच्च व्यवस्थापनको रोहवरमा कम्पनीका ७ वटै प्रदेशका प्रमुखहरु, विभागीय प्रमुखहरु तथा बागमती प्रदेशअन्तर्गत काठमाडौं उपत्यकाभित्रका शाखा प्रबन्धकहरु समेतको सहभागितामा कम्पनीले पालना गर्नुपर्ने अनुपालन तथा AML/CFT तालिम तथा सेमिनारको आयोजना गरेको हो ।

उक्त अवसरमा कम्पनीका अनुपालन विभागका प्रमुख प्रकाश कोइरालाले उच्च व्यवस्थापन, विभागीय प्रमुख तथा प्रदेश प्रमुख, शाखा प्रबन्धकहरुलाई अनुपालन तथा ब्ःीरऋँत् को बारेमा विस्तृत रुपमा जानकारी गराए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले हरेक शाखा, प्रदेश तथा विभागीय प्रमुखले आफ्नो दैनिक काम कारवाही गर्दा कम्पनीका नियमक निकायहरुले दिएको निर्देशन त्यसै गरी ऐन नियम, कानून र उच्च व्यवस्थापनबाट समय समयमा जारी हुने परिपत्र समेतको अक्षरस पालना गरी ग्राहकहरुलाई सेवा प्रदान गर्नुपर्ने साथै आफ्नो दैनिक काम कारवाहीलाई पूर्णरुपमा पालना गरी अगाडि बढ्न निर्देशन दिए । त्यस्तै सीईओ श्रेष्ठले सबै विभागीय प्रमुखमार्फत सबै विभागका कर्मचारीहरुलाई तथा प्रदेश प्रमुखमार्फत शाखाका सम्पूर्ण कर्मचारीहरुलाई दैनिकरुपमा हरेक कार्य गर्दा तयार गर्नुपर्ने ग्राहक पहिचान, ऐन, नियम, निर्देशन तथा परिपत्रहरुको पालना गरेर मात्र कार्य गर्न निर्देशन दिए ।

Health Tips Ad Road Block