Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एनएमबि हाईब्रिड फण्ड एल –२ को इकाईमा आवेदन दिने आज अन्तिम दिन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । एनएमबि क्यापिटलले माघ २४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष एनएमएबि हाईब्रिड फण्ड एल २ को इकाई खरिदका लागि आज (फागुन ८ गते) कार्यालय समयसम्ममा आवेदन दिन सकिने छ ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनएमबि हाईब्रिड फण्ड एल २ दशवर्षे बन्दमुखी योजना हो । साथ साथै यो योजना हाईब्रिड प्रकृतिको भएकाले सामान्यतया इक्विटी फण्डभन्दा तुलानात्मक रुपामा कम जोखिम हुने गर्दछ । उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म अर्थात प्रतिइकाई रु १० का दरले रु १ हजार देखि रु १२ करोडसम्मको आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

फण्डले १४ प्रतिशत अर्थात् १ करोड ६८ लाख इकाई कोष प्रवद्र्धक कम्पनी एनएमबि बैंकलाई र १ प्रतिशत अर्थात् १२ लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणलाई बिक्री गरेको हो । फण्डको कुल १२ करोड इकाई मध्ये कोष प्रवर्धक र योजना व्यवस्थापकले सम्पूर्ण बीज पूँजी बराबरको १ करोड ८० लाख इकाई र ५८,४४० सर्वसाधारण÷संस्थागत लगानीकर्ताहरुबाट १० करोड १५ लाख इकाईको लागि आवेदन प्राप्त भएको छ ।

म्युचुअल फण्ड निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्थाइक्रा नेपालले कोष प्रबद्र्धकलाई [ICRANP-IR] A प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई [ICRANP] AMC Quality 2 रेटिङ्ग प्रदान गरेको छ । यस रेटिङ्गले योजना व्यवस्थापकको व्यवस्थापन गुणस्तरमा उच्च विश्वास रहेको संकेत गर्दछ ।

उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ मार्फत अनलाइन आवेदन दिन सकिने छ ।

Health Tips Ad Road Block