Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

स्काइ वाक टावरमा सार्वजनिक बिदा मनाउन प्रधानमन्त्री ओली

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कमलादीस्थित स्काइ वाक टावरको भ्रमण र अवलोकन गरेका छन् । आज सार्वजनिक बिदाको दिन पारेर प्रथम महिला राधिका शाक्यसहित अवलोकनमा निस्किएका हुन् ।

सो टावरले हरेक महिना पर्यटकका रुपमा अतिविशिष्ट र विशिष्ट व्यक्तिहरुलाई आमन्त्रण गर्ने शृङ्खलाको थालनीका क्रममा प्रधानमन्त्री ओली आज त्यहाँ पुगी टावरको उचाइमा राष्ट्रिय झण्डोत्तलन गरे ।
सो क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले टावरहरुको उपयोगिता छैन भन्ने कुरालाई गतिलो खण्डन गर्न स्काइ टावर उदाहरण भएको बताएउन । उनले यस्ता टावरमा ज्येष्ठ नागरिक र बालबालिकासहित पर्यटकहरुलाई फुर्सदको समयमा घुमफिर, दृश्यावलोकन र मनोरञ्जनका लागि उपयोगी सावित हुने विश्वास व्यक्त गरे ।

काठमाडौंको मध्यभागमा रहेको दुई सय ५६ फिट उचाइको सो टावर निजी क्षेत्रको लगानीमा सञ्चालनमा आएको हो ।

Health Tips Ad Road Block