Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

अन्ततः नेपालमा रोकियो एमसीसी परियोजना

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयसँगै नेपालमा अमेरिकी सहायता संस्था ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अन्तर्गतका परियोजना रोकिएका छन् । अर्थमन्त्रालयले यसलाई पुष्टि गरेको छ ।

अर्थ मन्त्रालयले विज्ञप्ति निकाल्दै भनेको छ, ‘अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले मिति २०८१–११–२ गतेको इ–मेल पत्रमार्फत् नेपाल सरकार र उक्त निकायबीच सम्वत् २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनाहरुसँग सम्बन्धित एमसीसी फण्डबाट भुक्तानी हुने कृयाकलापहरु अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको व्यहोरा सरोकारवालाहरुलाई जानकारी गराइन्छ।’

नेपाल सरकार र यस निकायबीच २९ भदौ २०७४ मा एमसीसी कार्यान्वयनबारे सम्झौता भएको थियो ।

Health Tips Ad Road Block