Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

ट्रष्ट माइक्रो इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड नियुक्त

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२,५०,लाख रुपैयाँ बराबरको २२,५० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ । इन्स्योरेन्सले प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यमा साधारण शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरि आज सम्झौता गरिएको छ । सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उज्वल ढुङ्गाना र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाद्वारा हस्ताक्षर गरिएको छ ।

न्यून आय भएका एवं पिछडिएका क्षेत्रका बासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई लघु बीमा सेवा पुर्याउने लक्ष्य लिई ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले कार्य गरिरहेको छ । कम्पनीले २०८० साल कार्तिक १२ गते निर्जीवन लघु बीमाको इजाजतपत्र प्राप्त गरी लघु निर्जीवन बीमा कम्पनीको हैसियतले २०८० साल चैत १ गतेदेखि लघु निर्जीवन बीमासम्बन्धी कारोबार सञ्चालन गर्दै आईरहेको छ ।

 

Health Tips Ad Road Block