skip this News Page Tips Ad Road Block

भौतिकमन्त्री भन्छन्–निर्माण व्यवसायीको गतवर्षको सबै रकम भुक्तानी भइसक्यो, यस्तो छ मन्त्रालयको २ सय दिनको कार्यप्रगति

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले गत आर्थिक वर्षमा भएको कामको भुक्तानी दायित्व रकम निर्माण व्यवसायीहरुलाई भुक्तानी गरिसकिएको दाबी गरेका छन् । मन्त्रालयमा २०० दिनको कार्यप्रगतीबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उनले सो दाबी गरेका हुन् । उनले यस आर्थिक वर्षमा सृजित दायित्व भुक्तानी गर्न प्रक्रिया अगाडि बढाइउको पनि जानकारी गराएका छन् ।

चालु आर्थिक वर्षमा मन्त्रालयको लागि चालुतर्फ ७ अर्ब ४८ करोड ६३ लाख र पूँजीगततर्फ १ खर्ब ४३ अर्व ५ करोड गरी कुल १ खर्ब ५० अर्ब ५३ करोड बजेट विनियोजन भएकोमा माघ महिनासम्म मन्त्रालय र अन्तर्गतको कुल खर्च २८.१५ प्रतिशत रहेको पनि जानकारी दिए ।

यस्तो छ मन्त्रालयको २०० दिनको कार्यप्रगतिः

 




Health Tips Ad Road Block