skip this News Page Tips Ad Road Block

अलिपे प्लसबाट स्मार्ट क्युआरमा भुक्तानी गर्नेबारे स्मार्टच्वाईस टेक्नोलोजिज र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड(एससीटी) र नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था (एसीएच्एल्) बीच अलिपे प्लसमार्फत स्मार्ट क्युआरका मार्चेन्टहरूलाई भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ । अलिपे प्लस ले चीन, फिलिपिन्स, मलेसिया, दक्षिण कोरिया, थाइल्याण्ड, इन्डोनेसिया लगायतका राष्ट्रका इ वालेट र मोबाईल बैङ्किङ्गमार्फत अन्तरदेशीय भुक्तानी सेवा दिँदै आएको छ ।

यस सम्झौतापश्चात अलिपेका १।६ बिलियनभन्दा धेरै प्रयोगकर्ताहरूले स्मार्ट क्युआरमा आबद्ध मर्चेन्टलाई भुक्तानी गर्न पाउने कम्पनीले जनाएको छ । क्यूआर कोडका लागि प्रचलित अन्तर्राष्ट्रिय मापदण्ड इ.एम.भि. स्टान्डर्ड पालना गर्दै नेपाल क्यूआर स्टान्डर्ड अन्तर्गत जारी हुने स्मार्ट क्यूआर नेपालको पहिलो इन्टरअपरेवल क्यूआर कोड हो ।

देश तथा विदेशका ग्राहकहरूलाई मध्यनजर गरेर गरिएको यस सम्झौता पछि स्मार्ट क्युआरका मर्चेन्टहरुलाई अन्तर्राष्ट्रिय भुक्तानी प्राप्त गर्न झनै सहज हुने विश्वास लिइएको छ ।

Health Tips Ad Road Block