Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेपाल गुणस्तर परिषद्को ११४ औँ बैठकः २१ वस्तुमा गुणस्तर कायम

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल गुणस्तर परिषद्को ११४ औँ बैठक सिंहदरबारमा सम्पन्न भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको अध्यक्षतामा बसेको बैठकले २१ वटा वस्तुमा नेपाल गुणस्तर कायम गरेको छ।

जसमध्ये पिभिसी इन्सुलेटेड केबुलको दोस्रो संशोधन र त्यसको परीक्षण विधिसम्बन्धी ४ वटा गुणस्तर पारित गरिएको छ भने कृषि कर्ममा प्रयोग हुने मिनिटिलर र पावर टिलरका साथै ५ वटा घरायसी उपकरणमा नेपाल गुणस्तर पारित गरिएको छ।

यसैगरी खाद्य सुरक्षा व्यवस्थापन प्रणाली सम्बन्धी ८ वस्तुहरुमा आइएसओको गुणस्तरलाई अङ्गीकार गरिएको छ ।

मन्त्री भण्डारीले यस बाहेकका अन्य सामग्रीहरुमा पनि नेपाल गुणस्तर निर्धारण गर्नुपर्ने बताएका छन् । उनले निर्यात प्रवर्धन हुने सामग्रीहरूको अध्ययन गरी मापदण्डहरू कायम गर्न निर्देशन दिएका छन् ।

नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक कुमारी ज्योति जोशीको संयोजकत्वमा रहेको प्राविधिक समितिबाट पारित मस्यौदा नेपाल गुणस्तर परिषद्बाट स्वीकृत भएपश्चात् नेपाल गुणस्तरको रूपमा मान्यता पाउने व्यवस्था छ ।

परिषद्मा उपाध्यक्षको रूपमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (उद्योग) र विभागका महानिर्देशक सदस्य सचिव रहने व्यवस्था छ।

साथै अन्य मन्त्रालयहरू, विश्वविद्यालयका प्रतिनिधिहरू, विज्ञहरू र निजी क्षेत्रका प्रतिनिधिहरू समेत परिषषद् सदस्य रहने व्यवस्था छ ।

Health Tips Ad Road Block