काठमाडौं । आज फागुन १ गते बिहीबार सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । इन्स्योरेन्सले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि भोलि अर्थात् फागुन २ गते एक दिनका लागि बुक क्लोज गर्दैछ ।
यस अनुसार आज कार्यालय समयसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन सक्ने तथा तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। इन्स्योरेन्सले फागुन १५ गते बिहीबार लिसारा रिसेप्सन, भगवती बहाल, नक्साल, काठमाडौंमा बिहान साढे १० बजे ३१ औँ वार्षिक साधारण सभा आव्हान गरेको छ ।
इन्स्योरेन्सले आफ्ना शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट ३० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने निर्णय गरेको छ। इन्स्योरेन्सले हाल कायम रहेको चुक्ता पुँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार ९ सयको ३० प्रतिशतले हुन आउने रकम ८४ करोड १९ लाख ६४ हजार ९ सय ७० रुपैया नगद लाभांश दिने निर्णय गरेको हो ।
यता साधारण सभाले स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, नियमावली संशोधनसम्बन्धी आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पनि पारित गर्नेछ।






















