Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

ओरो ट्राभल्स एण्ड टुर्स प्रालिको औपचारिक कारोबार शुभारम्भ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । ओरो ट्राभल्स एण्ड टुर्स प्रालिले आफ्नो काठमाडौं कार्यालयबाट कारोबार शुभारम्भ गरेको छ ।

विदेशबाट नेपालतर्फ आउने पर्यटक तथा नेपालबाट विदेशतर्फ जाने पर्यटक, विद्यार्थी, श्रमकर्मी लगायत सबै पेशा व्यवसायका सेवाग्राहीलाई अत्यन्त विश्वसनीय र सुरक्षित यात्रा अनुभव उपलब्ध गराउने उद्देश्यले यस संस्थाको स्थापना र कारोबार सुरु गरिएको जानकारी गराइएको छ ।

बुधबारदेखि नारायण सुवेदीले यस संस्थामा कार्यकारी अध्यक्षको रूपमा कार्यारम्भ समेत गरेका छन् । २ दशकसम्म शिक्षण, बैंकिङ क्षेत्रमा रहेको अनुभव र लायन्स क्लब लगायतका परोपकारी क्षेत्रमा उनको संलग्नता यस संस्थाको सम्पत्तिको रूपमा रहने हामीलाई विश्वास छ ।

यस संस्थाले विश्वभर रहेका उत्कृष्ट र विश्वसनीय संस्थासँगको सहकार्यमा विश्वका सबै स्थानमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकीय होटल, हवाई टिकट, भिसा सेवा सहजिकरण, यात्रा बीमा, विश्वभर गाडी बुकिङ सुविधा लगायत सम्पूर्ण पर्यटकीय सेवा तथा विश्वभरका कर्पोरेट क्षेत्रलाई विशिष्टीकृत सेवा दिने उद्देश्यले नेपालको अनुभवी पर्यटनकर्मी, बैंकर, सूचना प्रविधि विज्ञ लगायत समूहको संलग्नतामा यस संस्थाको स्थापना भएको र सेवाग्राहीलाई उत्कृष्ट सेवा प्रदान गर्न प्रतिवद्ध रहेको संस्थाका संंस्थापक एर्व निर्देशक महेश चन्द्र घिमिरेले जनाएको छ ।

Health Tips Ad Road Block