Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

बझाङ्गको साईपालमा एभरेष्ट बैंकको नयाँ शाखा खुलेसँगै ७५३ वटै पालिकामा वाणिज्य बैंकको उपस्थिति

गभर्नर अधिकारीले गरे उद्घाटन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्नो शाखा विस्तारको क्रममा सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला बझाङ्गको उत्तरपूर्व साईपाल गाऊँपालिका वडा नं. १ स्थित धलौनमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीद्वारा औपचारिकरुपमा उद्घाटन गरिएको उक्त समारोहमा साईपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहोरा, एभरेस्ट बैंक लिमिटेड संचालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य, प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग, नेपाल राष्ट्र बैंकका निर्देशक केशव बहादुर केसी, साईपाल गाउँपालिकाका सबै वडाका वडाअध्यक्षहरु, एभरेष्ट बैंक सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख उज्वल पोख्रेल, नेपाल सरकार तथा स्थानीय संघसंस्थाका प्रतिनिधिहरू, बैंकका कर्मचारीहरु लगायत स्थानीयबासीको उत्साहजनक उपस्थिति रहेको थियो ।

यो बैंकको १२९ औँ शाखा कार्यालय हो । वित्तीय पहुँचबाट टाढा रहेको साईपाल गाऊँपालिकामा बैंकको शाखा कार्यालय संचालनमा आएसँगै अब देशका ७५३ वटै स्थानीय निकायमा ‘क’ वर्गको बाणिज्य बैंकको उपस्थिति रहन गएको बैंकले जनाएको छ ।

भौगोलिक तथा पूर्वाधार विकासको हिसाबले पनि अति दुर्गम मानिने मोटर बाटोको समेत पहुँच नभएको ७–८ घण्टाको पैदल यात्रा गरी पुग्न सकिने यो पालिकामा शाखा कार्यालय खोली संचालनमा ल्याउने जस्तो कठिन तथा चुनौतीपूर्ण कार्य सफल हुन सकेकोमा खुशी व्यक्त गर्दै यस कार्यमा सहयोग गर्ने नेपाल राष्ट्र बैंक तथा साइपाल गाउँपालिकाप्रति बै.कले विशेष धन्यवाद व्यक्त गरेको छ । त्यस्तै देशको सम्पूर्ण पालिकामा बैंक तथा वित्तीय संस्थाको पहुँच पुर्याउने सरकारको महत्वपूर्ण अभियानलाई पूर्णता दिने गरी शाखा संचालन गर्न सकेकोमा बैंक खुशी व्यक्त गरेको छ ।

देशकै अग्रणी बैंकको रुपमा स्थापित यस बैंकको शाखा कार्यालय स्थापनासँगै अब यस क्षेत्रको आर्थिक गतिविधि बढ्न गई समग्र आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

Health Tips Ad Road Block