skip this News Page Tips Ad Road Block

एसके इनर्जी डेभलपमेन्टले सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । एसके इनर्जी डेभलपमेन्ट लिमिटेडले प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँका दरले २० लाख ८० हजार कित्ता अर्थात् २० करोड ८० लाख रुपैयाँ बराबरको बराबरको साधारण शेयर निष्काशन गर्ने भएको छ । सर्वसाधारणका लागि निष्काशन गरिने उक्त प्राथमिक शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ ।

यसक्रममा एसके इनर्जी डेभलपमेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष वीर बहादुर राई र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

एसके इनर्जी डेभलपमेन्ट लिमिटेडले भोजपुर जिल्लाको षडानन्द नगरपालिका भएर बग्ने श्याम खोलाको पानीको बहाव सदुपयोग गरी ७.२ मे.वा. क्षमताको श्याम खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

Health Tips Ad Road Block