काठमाडौं । नेकपा एकीकृत समाजवादी उपत्यका विशेष प्रदेश कमिटीको नयाँ कायसमिति सर्वसम्मतरुपमा निर्वाचित भएको छ । शनिबार काठमाडौंमा सम्पन्न प्रथम अधिवेशनले विष्णु लामिछानेको अध्यक्षतामा ४५ सदस्यीय कार्यसमिति सर्वसम्मतरुपमा निर्वाचित गरेको हो ।
कमिटीको उपाध्यक्षद्धयमा गंगा थापा र दामोदर नेपाल, सचिवमा बज्रकुमार राई, उपसचिवद्धयमा जमुना सनम र कैलास गिरी चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा रसिका भण्डारी, ललिन्द्र राई(एलके), प्रविण विष्ट, सुरज कार्की, मनोज चन्द, मुकेश कुँवर, प्रिया देवकोटा, सुमनराज पौडेल, दिनेश घिमिरे चयन भएका छन् । त्यसैगरी कोमल सापकोटा, दिपेशमान प्रधान, खड्ग गिरी, समर नेपाल, सरोजा झा, दुर्गा प्रसाद चिमरिया, तिर्थ अधिकारी, अजय क्षितिज, गोविन्द प्रसाद पौडेल, राम प्रसाद बेल्बासे, भिमा खड्का चयन भएका छन् । अन्य सदस्यहरुमा समर थापा, प्रकाश पाण्डे, कमल प्रसाद सापकोटा, सन्त कुमार लामा, मीन प्रसाद गोले, खेम पोखरेल, आङलमी शेर्पा, चन्द्र बहादुर दाहाल, रामबाबु तिवारी, पिक्यु खड्का, मनिश शर्मा, राजेश शर्मा, अमर नाथ, विजय कुमार, सिन्धु पाण्डे, लक्ष्मण सापकोटा, रमादेवी पहारी, शेखर शाही र गौरी थापा चयन भएका छन् ।
सपथ ग्रहण्पछि नवनिर्वाचित अध्यक्ष लामिछानेले नेतृत्व पुस्तान्तरण भएको भन्दै युवा साथीहरुसँग मिलेर आफ्नो जिम्मेवारीलाई पुरा गरी कमिटीलाई माथि पुर्याउन लागिपर्ने प्रतिबद्धता व्यक्त गरे । यस्तै निर्वतमान अध्यक्ष केदार सञ्जेलले शुभकामना दिँदै कमिटीलाई संधै साथ र सहयोग रहिरहने धारणा राखे ।

अधिवेशको पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेका थिए ।






















