Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

मन्त्री भण्डारीले गरे नवलपरासीस्थित औद्योगिक गतिविधिहरूको अवलोकन, नीतिगत सुधार गर्ने प्रतिबद्धता

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भण्डारीले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला स्थित औद्योगिक तथा व्यापारिक गतिविधिहरूको अवलोकन र केही विषेश परियोजनाहरूको उद्घाटन गरेका छन् । आज उनले २ मेगावाट क्षमताको सोलार प्लान्ट उद्घाटन गरेका हुन् ।

नवलपरासीको रामग्रामस्थित अरुण वेभरेज प्रालिमा २ मेगावाटको सौर्य ऊर्जा प्लान्टको उद्घाटन गर्दै स्वच्छ र नविकरणीय ऊर्जाको प्रवद्र्धन तथा विकास गर्न सरकार कटिबद्ध रहेको बताए । यसले स्वदेशी उत्पादनमा जोड दिनुका साथै ऊर्जा आत्मनिर्भरता हासिल गर्ने दिशामा यो एक महत्वपूर्ण कोसेढुंगा सावित हुने उनले बताए ।

मन्त्री भण्डारीले समृद्धि स्टिल प्याक्ट्रीको अवलोकन गरेका छन् । उद्योग क्षेत्रको सम्भाव्यता, उत्पादनशीलता र रोजगारी सिर्जनासम्बन्धी प्रत्यक्ष जानकारी लिन स्टिल प्याक्ट्रीको अवलोकन गर्दै औद्योगिकीकरणलाई तीव्रता दिन आवश्यक नीतिगत सुधार तथा पूर्वाधार निर्माणका विषयमा उद्योगपतिहरूसँग छलफल गरे । छलफलमा क्रममा मन्त्री भण्डारीले उद्योगसम्बन्धी नीतिगत सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे । उद्योगमैत्री नीति बनाउने बताउँदै उनले आगामी बजेट उद्योगीको हकहितमा विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यसैगरी उनले लक्ष्मी हुन्डाइ एसेम्बलिङ्ग प्लान्टको अवलोकन गरेका छन् । सोक्रममा उनले स्वदेशमै सवारी साधन एसेम्बल गरी आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड दिए । नेपालमा गाडी निर्माण तथा एसेम्बलिङ उद्योगको विस्तारले मुलुकको औद्योगिक विकासलाई थप गति दिने विश्वास उनले व्यक्त गरे ।

Health Tips Ad Road Block