Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

ललितपुरमा नेपालकै पहिलो युरो स्ट्याण्डर्ड सर्टिफाइड छपेली–माझखण्ड केबुलकार बन्ने

Citizenlife ad 2082 falgun to baishak 2083

ललितपुर। ललितपुरमा छपेली–माझखण्ड केबुलकार बन्ने भएको छ । काठमाडौँबाट हेटौँडा जाने कान्ति लोकपथमा पर्ने छपेलीबाट सुरू हुने केबुलकारमा माझखण्डसम्मको २.८ किमीको यात्रा बिनाटावरको स्टेशन टु स्टेशन हुने गरी बन्न लागेको हो । प्रतिनिधि सभा सदस्य उदयशम्शेर राणा, बागमती प्रदेशसभा सदस्य मधुसूदन पौडेल, नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य एवम् ललितपुर इन्चार्ज हरि दाहाल लगायतको उपस्थितिमा केबुलकार शिलान्यास भएको छ ।

माझखण्ड पर्यटन परियोजना अन्तर्गत डेस्टिनेसन माझखण्ड प्रालिले सञ्चालनमा ल्याउन लागेको छपेली माझखण्ड केबुलकारको शिलान्यास भएको हो । डेस्टिनेसन माझखण्ड प्रालिका अध्यक्ष गोपाल सञ्जेलले पर्यटन क्षेत्रको विकास र विस्तारका लागि गाउँपालिकासँग समन्वय गरेर काम गर्ने बताएका छन्।

यो केबुलकार नेपालकै पहिलो युरो स्ट्याण्डर्ड सर्टिफाइड हुने पनि कम्पनीले जनाएको छ । काठमाडौंबाट हेटौँडा जाने कान्ति लोकपथमा पर्ने छपेलीबाट सुरू हुने केबुलकारमा माझखण्डसम्मको २.८ किमीको यात्रा बिनाटावरको स्टेशन टु स्टेशन हुने पनि कम्पनीका अध्यक्ष सञ्जेलले बताएका छन् । सञ्जेलले भने, ‘माझखण्ड केबल कारले नेचर, कल्चर र एडभेन्चरको संयोजनसहित पर्यटक र तीर्थयात्रीहरूका लागि एक अद्वितीय प्याकेज सिर्जना गर्ने छ । चाहे तपाईं शान्ति, आध्यात्मिकता वा उत्साह खोज्नुहोस्, माझखण्ड तपाईंको उत्तम गन्तव्य बन्छ ।’

महारुद्रेश्वर महादेव, विश्वकै ठूलो थाङ्का (७०/६० मिटर) प्रदर्शनस्थल तथा बौद्ध गुम्बा र बिहारसहितको धार्मिक धाम पनि रहेको हुँदा पर्यटन प्रवर्धनका लागि यो केबुलकार निर्माण थालिएको कम्पनी सञ्चालक डोलकेशर दहालले बताएका छन् ।

बागमती गाउँपालिकाको वडा नं. ३ बाट वडा नं. ५ माझखण्ड जोड्ने केबुलकारको दूरी दुई दशमलव आठ किलोमिटर रहने छ । कम्पनीका अनुसार १ अर्ब २० करोड लगानीमा केबुलकारका साथै होटल, फनपार्कलगायत सञ्चालन हुनेछ ।

केबुलकार प्रोजेक्ट आगामी १ वर्ष ६ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य कम्पनीको छ ।

Health Tips Ad Road Block