Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

प्रधानमन्त्री आउनुपर्ने माग गर्दै प्रतिपक्षीले अवरोध गरेपछि संसद बैठक स्थगित

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिको माग गर्दै बैठकमा अवरोध गरेपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरेका हुन् । प्रतिपक्षी दलका सांसदहरूले बैठकको कार्यसूची अनुसार प्रधानमन्त्री शाह बैठकमा आएर बैठकमा उठेको प्रश्नको जवाफ माग गरेका छन् । प्रधानमन्त्री शाहले आफ्नो सट्टा जवाफ दिन अर्थमन्त्री डा. स्वर्णीम वाग्लेलाई पठाएपछि प्रतिपक्षी दलका सांसदहरूले सिटबाट उठेर विरोध गरेका थिए ।

प्रतिपक्षी दलहरूमा नेपाली कांग्रेस, नेकपा (एमाले), श्रम संस्कृति पार्टी, राप्रपाका सांसदहरूले सामुहिक रूपमा विरोध गरेका हुन् ।

Health Tips Ad Road Block