Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेपाल लाइफको टिम बीमा उद्योगमा सबैभन्दा उत्कृष्टः सञ्चालक अग्रवाल

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको एक दिवसीय बिक्री रूपान्तरण सत्र सम्पन्न भएको छ । काठमाडौंमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासको व्यापार समीक्षा गर्दै आर्थिक वर्ष २०८१/८२ को बाँकी समयावधिको लागि सेल्स रणनीतिको तर्जुमा गरिएको हो ।

कार्यक्रममा कम्पनीका संचालक कमलेश कुमार अग्रवाल, प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नेशनल सेल्स हेड उमापति पोखरेलसहित उच्च व्यवस्थापन टोली र प्रादेशिक प्रमुखहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा कम्पनीका संचालक कमलेश कुमार अग्रवालले प्रतिकूल आर्थिक अवस्थाको बावजुद पनि कम्पनीले प्राप्त गरेको उपलब्धिका निम्ति अहोरात्र खट्ने सम्पूर्ण नेपाल लाइफकर्मीको प्रसंशा व्यक्त गर्दै सबैलाई धन्यवाद दिए । उनले ग्राहकमैत्री सेवा विस्तारका लागि संचालक समिति सधैं प्रतिबद्ध रहने बताए । कम्पनीले अहिले हासिल गरेको उपलब्धिभन्दा धेरै माथिको उपलब्धि ल्याउन सक्ने प्रचुर सम्भावना रहेको भन्दै उनले नेपाल लाइफको टिम बीमा उद्योगमा सबैभन्दा उत्कृष्ट रहेको धारणा राखे ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले इनोभेटिभ प्रोडक्टहरू मार्केटमा ल्याइरहेको र आगामी दिनमा पनि यस्ता प्रोडक्टहरु मार्केटमा ल्याएर बीमा बजारको विस्तारमा भूमिका निर्वाह गर्नका निम्ति काम सुरु गरिसकेको जानकारी दिएका छन् । उनले कम्पनीले उत्कृष्ट प्रदर्शन गरेको उल्लेख गर्दै बीमा बजारको विस्तार र सचेतना अभिवृद्धिमा थप योगदान दिनुपर्नेमा जोड दिए।

कार्यक्रममा नेशनल सेल्स हेड, सेल्ससँग सम्बन्धित विभागीय प्रमुखहरु तथा प्रादेशिक प्रमुखहरुले आ–आफ्नो प्रतिवेदनहरु प्रस्तुत गरेका थिए । कम्पनीका नेशनल सेल्स हेड उमापति पोखरेलले कम्पनीको उच्च व्यवस्थापनद्वारा दिईएको मार्गदर्शन थप उचाइमा पुर्याउन कम्पनीको सेल्स टिम सक्षम र पूर्णरुपमा प्रतिबद्ध रहेको बताए ।

कम्पनीले लगानी विविधिकरण, डिजिटल सेवा विस्तार र कर्मचारीको क्षमता विकासलाई प्राथमिकता दिएर अगाडि बढ्ने जनाएको छ ।

Health Tips Ad Road Block