काठमाडौं । पाथीभरा क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न विवाद र देखा परेका समस्या समाधानका लागि सरकारले वार्ता टोली गठन गरेको छ।
गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधि रहेको वार्ता टोली गठन गरिएको हो ।
गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीका अनुसार गठित वार्ता टोलीले कार्य प्रारम्भ गरिसकेको र आन्दोलनरत पक्षहरूलाईसमेत आन्दोलनका कार्यक्रमहरू फिर्ता लिई संवादमार्फत् समस्याको समाधान गर्न अनुरोध गरिएको छ ।