Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

ओमोडाको नयाँ स्वरुम बसुन्धारामा, उद्घाटन गर्दै कुलमान घिसिङले भने विद्युतीय गाडीको योगदान महत्वपूर्ण

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । ओमोडा गाडीको नयाँ स्वरुम काठमाडौंको बसुन्धारामा सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङकाे उपस्थितिमा स्वरुमको उद्घाटन गरिएकाे हाे । एबीटी मोटर्सद्धारा ओमोडा एण्ड जेइकोको नयाँ स्वरुम सञ्चालनमा ल्याइएको हो ।

नयाँ स्वरुम संचालनमा आएपछि नेपाली ग्राहकमाझ लोकप्रिय ओमोडाका गाडी किन्ने ग्राहकहरुका लागि सहजता भएको छ ।

स्वरुम उद्घाटन गर्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाली अर्थतन्त्रका लागि विद्युतीय गाडीको भूमिका महत्वपूर्ण हुने बताए । पछिल्लो समय विद्युतीय गाडीहरुको प्रवद्र्धन भइरहेकोमा खुसी व्यक्त गर्दै उनले विद्युतीय गाडी प्रयोग गर्नेहरुले धेरै फाइदा लिनसक्ने भनाइ राखे । अर्थतन्त्रका हिसाबले पनि विद्युतीय गाडीले धेरै फाइदा पुग्ने उनले भनाइ राखे ।

उनले पेट्रोल र डिजेलको बढ्दो मूल्य र आपूर्तिमा समस्या देखिएको अवस्थामा विद्युतीय गाडीले इन्धनको आयातमा निर्भरता घटाउन सहयोग पुग्ने दाबीसमेत गरे ।

भूगोल अनुसार मोटर पावर, ग्राउन्ड क्लियरेन्स र रेन्ज भएकाले पछिल्लो समय नेपाली सडकमा ओमोडा ब्राण्डका गाडीहरुको उपस्थिति बढ्दै गएको छ ।

Health Tips Ad Road Block