चितवन । नेपालका लागि सेरेस र नामी इभी ब्रान्डको आधिकारिक वितरक एमएडब्लु वृद्धिले चितवनलाई लक्षित गरेर यो क्षेत्रकै सबैभन्दा ठूलो ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ गर्ने भएको छ । एमएडब्लु वृद्धिले भरतपुर, चितवनस्थित सिमटी रेसोटमा भोलि (माघ २१) देखि २३ माघसम्म तीन दिने ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’कोआयोजना गर्न लागेको हो । यो मेलामा इभी किन्न चाहने चितवनका ग्राहकले सेरेसमा र नामी इभी किन्दा ७ किलोवाटको चार्जर फ्रि पाउन सक्ने कम्पनीले जनाएको छ ।
साथै ग्राहकले अभुतपूर्व ‘एक्सचेन्ज भ्यालु’ र एमएडब्लु वृद्धिबाट बेजोड ‘एक्सचेन्ज बोनस’ को फाइदा उठाउँदै नयाँ पुस्ताको इलेक्ट्रिक खरिद गर्न सक्ने कम्पनीको भनाइ छ ।
यसका अलावा ग्राहकले हरेक टेस्टड्राइभ र आफ्नो पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउने पनि कम्पनीले स्पष्ट पारेको छ । ‘अन स्पट फाइनान्सिंग’ को व्यवस्था रहेको पनि कम्पनीको भनाइ छ । साथै सेरेस र नामीलाई आकर्षक ब्याजदरमा घर लान सक्ने पनि स्पष्ट पारिएको छ ।
यी अफरहरु बाहेक एक्सचेन्ज क्याम्पमा आएर फ्युचरिस्टिक डिजाइन र फिचरले भरिएका नामी र सेरेसको टेस्ट ड्राइभ गर्नेले ‘फुड स्टल’ को मज्जा लिन सक्ने कम्पनीले जनाएको छ । एमएडब्लु वृद्धिले एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प अघि नामीको क्षेत्रीय लन्च पनि गर्ने योजना बनाएको जानकारी दिएको छ ।