काठमाडौं । बुधबार सुनको मूल्य १ लाख ६० हजार नाघेको छ । मंगलबारको तुलनामा मूल्य तोलामा १४ सय रुपैयाँले बढेर १ लाख ६० हजारभन्दा माथि पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँ रहेको छ ।
चाँदीको मूल्य पनि बढेर प्रतितोला १८५५ रुपैयाँ पुगेको छ ।






















