Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

माछापुच्छ्रे क्यापिटलद्धारा पाँचौँ वार्षिकोत्सवको अवसरमा मोडर्न नेपाल कलेजमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो ५ औँ वार्षिकोत्सवको अवसरमा क्यापिटलको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न विद्यालयमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने योजना अनुरुप सोह्रखुट्टे, काठमाडौंस्थित मोडर्न नेपाल कलेजमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा स्नातक तहमा अध्यनरत विद्यार्थीहरुका साथै कलेजका कर्मचारीहरु तथा शिक्षक वर्गलाई शेयर बजारको प्रारम्भिक शिक्षा, प्राविधिक विश्लेषणसम्बन्धी प्रशिक्षण तथा यसको प्रभावकारीताको बारेमा जानकारी तथा साक्षरता प्रदान गराइएको छ ।

आफ्नो स्थापनाको पाँचौँ वार्षिकोत्सवको अवसरमा क्यापिटलले माघ महिनाभरी रक्तदान लगायत, वित्तीय साक्षरता, वृद्धाश्रम तथा अन्य संस्थाहरुलाई विभिन्न सहयोग, आफ्ना विभिन्न सेवाहरुमा छुट लगायतका विविध कार्यक्रमहरु आयोजना गरी भव्यताका साथ मनाइरहेको छ ।

माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी ९मर्चेन्ट बैंकर० कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डमार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ।

Health Tips Ad Road Block