काठमाडौं । नेपालका लागि ‘फ्युचरिस्टिक’ तथा ‘लक्जरियस’ इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले विश्वकै पहिलो ‘ट्रान्सफर्मर एसयूभी’ दिपल ई ०७ सार्वजनिक गरेको छ । अटोमोबाइल प्रविधिको ‘चमत्कार’का रुपमा लिइने दिपल ई ०७लाई एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, चांगन अटो एसिया पेसिफिक भीपी गुआन जिन र एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्तरूपमा सार्वजनिक गरेका हुन् ।
नयाँ एसयुभी सेग्मेन्टको उदय
दिपल ई ०७ आफ्नो रूपान्तरणीय क्षमता (ट्रान्सफर्मर क्यापाबिलिटी)मार्फत नयाँ ड्राइभिङ अनुभव प्रदान गर्दै अटोमोबाइल जगतमा नयाँ अध्यायको सुरुवात गरेको कम्पनीको दाबी छ । यो एसयुभी एउटा बटन थिच्ने बित्तिकै पिकअप ट्रकमा परिणत हुन्छ । एसयुभी, पिकअप र क्याम्पिङ र आरभी (रिक्रिएसनल भेहिकल) सहित चार फरक प्रयोजनका लागि प्रयोग गर्न सकिने ई ०७ ले लक्जरियस र इन्टिलेजेन्ट एडभेन्चरमार्फत आफूलाई ‘फ्युचरिस्टिक मार्भेल’का रुपमा स्थापित गर्ने कम्पनीले जनाएको छ ।
अतुलनीय फिचर र स्पेसिफिकेसन
दिपल ई ०७ मा ‘रियरह्विल ड्राइभ’ र ‘अलह्विल ड्राइभ’ मा उपलब्ध हुने कम्पनीको भनाइ छ । ‘रियरह्विल ड्राइभ भेरियन्ट’मा १९० किलोवाटको मोटर प्रयोग गरिएको छ जसले २५८ पीएस पावर र ३६५ एनएम टर्क उत्पन्न गर्नेछ । यसमा ८९.९ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ जसले ५६६ किलोमिटरको सिंगल चार्ज रेन्ज दिनेछ । त्यसैगरी, अलह्विल ड्राइभ भेरियन्टले ४४० किलोवाटको पावर र ६४५ एनएम टर्क उत्पन्न गर्छ । २४० किलोवाट आवरसम्मको फास्ट डीसी चार्जमा जोड्न सकिने यो इभी लामो यात्राका लागि तुरुन्त रिचार्ज गर्न सक्ने क्षमताको रहेको कम्पनीको भनाइ छ ।
ई ०७ को ‘एरोडाइना मिक्स डिजाइन’को ‘ड्रयाग कोफिसेन्ट’ ०.२३७ सीडी रहेको छ जसले गर्दा यसको यात्रा आरामदायी बनाउँछ । त्यसैगरी यसको ‘वाटरवेडिंग’ क्षमता ६०० एमएम रहेको छ जसले यसलाई खराब भूबनोटमा सहज यात्रा गराउनेछ ।
स्टाइल र उपयोगिताको सम्मीश्रण
५ मिटर लामो दिपल ई ०७ को ह्विलबेस ३१२० एमएम रहेको छ जसले यसलाई ‘स्पेसियस’बनाएको छ र ‘क्याबिन एक्सपिरियन्स’लाई बेजोड बनाएको कम्पनीको दाबी छ । यसमा ‘स्टाइलिस स्टार रिंग इन्टिग्रेटेड हेडलाइट’, ‘स्लाइडिंग रियर डोम डिजाइन’ र ठूलो ‘मल्टिफंक्सन रुफ र्याक’ रहेको छ जसले ३०० केजीसम्मको ‘लोड’लाई उठाउन सक्नेछ । त्यसैगरी यसमा १३१ लिटरको फ्रंक स्पेस, ६०० केजी क्षमताको बुट र ‘अन्डर सिट स्टोरेज’पनि रहेको कम्पनीले सार्वजनिक कार्यक्रममा जानकारी दिएको छ ।
सुरक्षित र स्मार्ट यात्राका लागि ‘इन्टेलिजेन्ट’ प्रविधि
कम्पनीका अनुसार दिपल ई ०७ मा प्रयोग गरिएको ‘सुपर ब्रेन सेन्ट्रल कम्प्युटिङ प्लेटफर्म’ले ‘सिमलेस कन्ट्रोल’ र ‘रियलटाइम रेस्पोन्स’ दिन्छ । यसमा २८.८६ इन्टको ‘अग्मेन्टेड रियारिटी हेडअप डिस्प्ले’ र १५.४ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ प्रयोग गरिएको छ जसले ‘ड्राइभिंङ एक्सपिरियन्स’लाई राम्रो बनाउने मात्र होइन सुरक्षित पनि बनाउने सार्वजनिक कार्यक्रममा जानकारी दिइयो । सहज यात्रा र सुरक्षाका लागि यसमा ५ प्रकारको ‘क्र्युज असिस्ट’, ४ वटा ‘पार्किंङ असिस्ट’ फिचर र १४ ‘सेफ्टी प्रोटेक्सन सिस्टम’, ५ एमएमको ‘वेब राडार’, ५ वटा क्यामेरा र १२ वटा ‘अल्ट्रासोनिक राडार’ प्रयोग गरिएको छ । साथै, यसमा ५४० डिग्रीको ‘सराउन्ड भ्यु’ र ‘सी२ सेन्ट्रल कम्प्युटिंङ’ रहेको छ जसले ‘नेभिगेसन’ र पार्किंङ आदिलाई सजह बनाउनेछ ।
‘फ्युचरिस्टिक इन्जिनियरिंङ’ र ‘इकोफ्रेन्ड्ली डिजाइन’
दिपल ई ०७ मा ‘गोल्डेन बेल जार सीटीभी इन्टिग्रेटेड ब्याट्री’ प्रयोग गरिएको छ जसले अत्यन्त चिसोमा पनि बेमिसाल ‘पर्फर्मेन्स’ दिनेछ । ‘एडाप्टिभ आयल कुलिंग सिस्टम’ र ‘अल्ट्रा–थिन सिलिकन मोटर कभरिंङ’ ले ब्याट्रीको ‘इफिसेन्सी, रिलायबिलिटी र इनर्जी सेभिंङ’मा मद्दत गर्छ । यसको ‘युनिक सुपर पावर सेभिंङ मोड’ ले ड्राइभिंङ रेन्जलाई अझ बढाउने कम्पनीले बताएको छ ।
चांगानको विरासतलाई नयाँ उचाइमा पुर्याउने ई ०७
दोस्रो ठूलो चिनियाँ अटोमोबाइल कम्पनी चांगानसँग एक सय ६३ वर्ष लामो विरासत छ । संसारभर १४ स्थानबाट उत्पादन केन्द्र र ३४ स्थानमा प्लान्ट भएको चांगानले आविष्कार र दीर्घकालिनतालाई निकै महत्व दिँदै आएको छ ।
ई ०७ को सार्वजनिकीकरण कार्यक्रममा एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवालले नेपालको इभि बजारमा दिपल एस ०७ र एल ०७ सफल भइसकेको र यसका लागि सबै ७५० जना ग्राहकप्रति आभार व्यक्त गरे ।
उनले दिपल ई ०७ ले विश्व अटो बजारमाझैं नेपाली अटो बजारमा पनि नयाँ मापदण्ड स्थापित गर्नेमा विश्वस्त भएको बताए । त्यसैगरी उनले एमएडब्लु ग्रुपले बिक्रीपछिको सेवालाई पनि उत्तिकै महत्व दिएको बताए । ‘ग्राहकको सन्तुष्टिका लागि एमएडब्लुले हरसम्भव काम गरिरहेको छ । अहिले देशका ९० भन्दा बढी स्थानमा एमएडब्लुको चार्जिंङ स्टेसन छन् जुन नेपालमै सबैभन्दा ठूलो सञ्जाल हो ।’ उनले भने ।
त्यसैगरी, चांगान एसिया पेसिफिक भीपी गुआन जिनले चांगान र दिपलले नेपालमा एकदम राम्रो प्रदर्शन गरिरहेको र नेपालमा विश्वस्तरीय उत्पादन दिन चांगान प्रतिबद्ध रहेको बताए ।
दिपल ई ०७ को उपलब्धता र मूल्य
दिपल ई ०७ सेतो, कालो, खरानी र हरियो गरी चार वटा रंगमा उपलब्ध छ । एक करोड तीन लाख ९९ हजार रुपैयाँ तोकिएको ‘रियरह्विल ड्राइभ’ ई ०९ को सुरुवाती मूल्य केही समयका लागि ९९ लाख ९९ हजार रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ भने ‘अलह्विल ड्राइभ’ को मूल्य १ करोड ९९ लाख ९९ हजार तोकिएको छ । हाललाई ‘रियरह्विल’ ड्राइभ दिपल ई ०७ चांगानका सोरुमहरुमा टेस्ट ड्राइभ तथा बुकिंङका लागि उपलब्ध रहको कम्पनीले सो अवसरमा जानकारी दिएको छ ।






















