काठमाडौं । सरकारले भारतबाट ९० हजार मेट्रिक टन गहुँ आयात गर्ने भएको छ । माग अनुरुप गहुँको उत्पादन हुन नसकेपछि भारतबाट गहुँ आयात गर्न लागिएको हो ।
भारतले नेपाललाई दिएको वचन अनुसार ९० हजार मेट्रिक टन गहुँ आयात गर्नको लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमार्फत गहुँ आयात गर्नेे कम्पनीका तर्फबाट आवेदन माग गरिएको छ ।
विभागले सूचना जारी गरी भारतबाट ९० हजार मेट्रिक टन गहुँ आयात गर्न इच्छुक फर्म र कम्पनीका लागि आवेदन माग गरेको हो ।
गहुँ आयातका लागि इच्छुक फर्म वा कम्पनीले न्यूनतम एक सय मेट्रिक टनदेखि १० हजार मेट्रिक टन गहुँको परिणाम खुलाई सात दिनभित्र विभागमा आवेदन दिइसक्नुपर्ने सूचनामा उल्लेख छ ।























