Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

उत्तर–दक्षिण कोशी करिडोर छिचोलियो, नेपाल–भारत र चीनबीच त्रिदेशीय सडक सञ्जाल स्थापित

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । तीन देशको सडक सम्पर्क स्थापित गर्ने उत्तर–दक्षिण कोशी करिडोर सडक छिचोलिएको छ । करिडोर अन्तर्गत खाँदबारी–किमाथांका सडक खण्ड अन्तर्गत १५८ किलोमिटर सडकको ‘ट्र्याक ओपन’ भएसँगै भारत–नेपाल र चीनबीच सडक सञ्जालले सम्पर्क स्थापित गर्ने सडक छिचोलिएको हो ।

२०७६ सालको भदौ २२ गते मन्त्रिपरिषद्ले उक्त ट्र्याक खुलाउने कार्यको जिम्मेवारी नेपाली सेनालाई दिएको थियो । सोही अन्तर्गत सेनाले ‘ट्र्याक ओपन’ गराएको हो । रानी बिराटनगर देखि संखुवासभाको किमाथाङ्का सम्मको ३९० किलोमिटर सडकले नेपाललाई दुवै छिमेकी मुलुकसँगको सडक सम्पर्क थप सहज बनाएको छ । च्याम्ताङ् देखि घोङ्प्पासम्मको १०.५१ किलोमिटरको ट्र्याक निर्माणसँगै यस क्षेत्रबाट हुने अन्तर्राष्ट्रिय व्यापार समेत वृद्धी हुने अपेक्षा गरिएको छ ।

ट्र्याक ओपन कार्यक्रममा मन्त्रीत्रय भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, रक्षा मन्त्री मानवीर राई र उर्जामन्त्री दिपक खड्काकाे उपस्थिति रहेकाे थियाे ।

ट्र्याक ओपन कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको उक्त सडकमा श्रोत अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरे । कोशी करिडोर पूर्ण सञ्चालनमा आएसँगै यहाँको कृषि, पर्यटन तथा व्यवसायिक क्षेत्रमा हुने विकासले स्थानीयको आर्थिकस्तर समेत उक्सिने मन्त्री दाहालले बताए । भौगोलिक विकटता र प्राकृतिक प्रतिकुलताकाबीच पनि नेपाली सेनाले ट्र्याक खुलाउन निरन्तर मेहनह गर्नु सह्रानीय कार्य भएको पनि उनले उल्लेख गरे ।

Health Tips Ad Road Block