काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडले एफपीओ निष्काशनको प्रस्तावलाई रद्द गरी हकप्रद निष्काशन गर्ने प्रस्तावसहित विशेष साधारण बोलाएको छ । कम्पनीले माघ २९ गतेका विशेष साधारणसभा बोलाएको हो ।
कम्पनीले यस अघि निर्णय गरेको प्रिमियममा एफपीओ निष्काशन गर्ने प्रस्ताव रद्द गरि १ः२ को अनुपातमा अर्थात् दुई सय प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव विशेष साधारण सभामा लैजाँदैछ ।
कम्पनीले लुब्रिकेन्ट बाहेकका व्यवसाय गर्नको लागि दुई वटा सहायक कम्पनी खोल्ने निर्णय पनि गरेको छ । सोको प्रबन्धपत्र र नियमावली तथा चुक्ता पुँजी तय गर्ने प्रस्ताव पनि सभामा पेश हुने कम्पनीले जनाएको छ।






















