Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

ज्ञानेश्वर अर्यालको अध्यक्षतामा ग्यास बिक्रेता महासंघको नयाँ कार्यसमिति सर्वसम्मत

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । ग्यास बिक्रेता महासंघ नेपालको नयाँ कार्यसमिति सर्वसम्मत भएको छ । महासंघको ११ औँ वार्षिक साधारण सभा तथा छैठौँ अधिवेशनबाट ज्ञानेश्वर अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । अर्याल महासंघको संस्थापक अध्यक्ष समेत हुन् ।

महासंघको वरिष्ठ उपाध्यक्षमा विष्णु प्रसाद दुलाल चयन भएका छन् । उपाध्यक्षहरुमा रामप्रसाद झवाली, गेहेन्द्र रिजाल, लाल बहादुर केसी, राम प्रसाद गैरे, सन्तोष श्रेष्ठ, राधिका महर्जन र रामकृष्ण खड्का चयन भएका छन् । महासचिवमा विनोद काफ्ले, सचिवमा कृष्ण प्रसाद गैरे र कोषाध्यक्षमा रविन कार्की सर्वसम्मत भएका छन् ।

त्यस्तै महासंघको सदस्यहरुमा प्रकाश तिवारी, रामकुमार खड‌्का, रामशरण पुडासैनी, पेश कान्त भण्डारी, ओमकार बोहोरा, सुदिर यादव, कमल अधिकारी चयन भएका छन् । त्यस्तै श्रीहरि ढकाल, मञ्जु थापा, छवि राज भट्ट, जयराम श्रेष्ठ, गोविन्द शाह र हरिहर बजगाईँ चयन भएका छन् ।

महासंघका निवर्तमान अध्यक्ष चन्द्र थापाले अर्याललाई माइन्यूट हस्तान्तरण गर्दै शुभकामना दिएका थिए ।

Health Tips Ad Road Block